१० चैत्र २०८२, मंगलबार | Tue Mar 24 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुर विद्यत सब–स्टेशनका प्रमुख १ लाख ४० हजार घुससहित पक्राउ




२९ पुस ०७८, ललितपुर । नेपाल विद्युत् प्राधिकरण काठमाडौं ग्रिड महाशाखा सब–स्टेशन पाटनका प्रमुख १ लाख ४० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन्।
ललितपुर सब–स्टेशनको प्रमुखका रुपमा कार्यरत (सुपरभाइजर, पाँचौ तह)का सोम प्रसाद पहाडीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो।

नेपाल विद्युत् प्राधिकरणले गाडेको बिजुलीको पोल सार्नका लागि सेवाग्राहीसँग १ लाख ४० हजार रुपैयाँ घुस मागेको भन्ने सूचनाको आधारमा अख्तियारको टंगाल (काठमाडौं)स्थित कार्यालयबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो।

पहाडीलाई घुस रकम लिइसकेको अवस्थामा घुस रकमसहित कार्यालय परिसरबाट नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ ।

प्रकाशित मिति : २९ पुस २०७८, बिहिबार  ८ : २५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।