१० चैत्र २०८२, मंगलबार | Tue Mar 24 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


नुवाकोटमा कोरोना माहामारीका कारण गोरु जुधाउने पर्व नहुने



फाइल तस्विर

३० पुस ०७८, नुवाकोट । नुवाकोटका विभिन्न स्थानमा माघ १ गते सञ्चालन गरिने गोरु जुधाइ मेला यस वर्ष नहुने भएको छ । कोभिड १९ को जोखिम वृद्धि हुँदै गएसँगै रोग नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालयले २५ जनाभन्दा बढी भेला हुन रोक लगाएसँगै ऐतिहासिक महत्व तथा वर्षौँदेखि सञ्चालन गरिँदै आएको गोरु जुधाइ प्रतिस्पर्धा नहुने भएको हो ।
कोरोनाको जोखिम बढेकाले सभा–समारोह, मेला तथा जात्रा सञ्चालनमा रोक लगाएका कारण गोरु जुधाइ मेला स्थगन भएको छ । नुवाकोटको तारकेश्वर गाउँपालिकाको तारुका, तादी गापाको सातबीसे, लिखु गापाको सूर्यमती, पञ्चकन्या गापाको पञ्चकन्या, शिवपुरी गापाको शेराबगर, बेलकोटगढी नगरपालिकाको झिल्टुङ्ग, नुवाकोट र रसुवाको सङ्गमस्थल वेत्रावतीलगायतका ठाउँमा हुने गरेको गोरु जुधाइ मेला यस वर्ष स्थगन भएको छ

प्रकाशित मिति : ३० पुस २०७८, शुक्रबार  ५ : ०१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।