१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


महालक्ष्मी नगरका मेयर रामेश्वर श्रेष्ठलाई फेरि कोभिड संक्रमण



२ माघ ०७८, ललितपुर । उत्तरपुर्वी ललितपुरमा रहको महालक्ष्मी नगरका मेयर रामेश्वर श्रेष्ठलाई कोरोना सक्रमण पुष्टि भएको छ ।
मेयर महर्जनले आइतबार सामाजिक सञ्जालमा लेखेर आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका छन् ।
सावधानी अपनाउँदा अपनाउँदै कोभिड १९ बाट फेरि पनि जोगिन नसकिएको । बताउदै श्रेष्ठले तीन दिनअघि सामान्य ज्वरो देखिएपछि आज आइतबार पीसीआर परीक्षण गराउँदा कोभिड १९ पोजिटिभ आएको बताएका छन् ।
उनका अनुसार अहिलेसम्म कुनै जटिल स्वास्थ्य समस्या नदेखिएकाले घरमै स्वास्थ्यलाभ गरिरहेको बताएका छन् ।
उनले केही दिनमा नजिकको सम्पर्कमा आएकाहरुलाईसावधानी अपनाउन र लक्षण देखिए परीक्षण गराउन गरेका छन् ।
उनी गतवर्ष कोरोना भाइरसबाट संक्रमित भएर जटिल स्वास्थ्यबीच २२ दिनसम्म अस्पतालमा बिताएका थिए ।
उनले आत्मविश्वास साथ कोभिड १९ लाई छिट्टै पराजित गर्ने र कोभिड पोजिटिभ भए पनि नगरबासीका सेवा प्रवाहमा नगर प्रमुखको तर्फबाट गर्नुपर्ने सबै जिम्मेवारी र दायित्व पूरा गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । कोभिड संक्रमणबीच नगरपालिकाको सेवा प्रवाहमा कुनै कमी नआउने गरी व्यवस्था मिलाएको उनको भनाइ छ

 

प्रकाशित मिति : २ माघ २०७८, आइतबार  ७ : १५ बजे