१५ फाल्गुन २०८०, मंगलबार | Wed Feb 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


मध्यपुरका मेयर मदनसुन्दर श्रेष्ठलाई कोरोना संक्रमण




३ माघ ०७८, भक्तपुर ।  नगरपालिकाद्वारा सञ्चालित नेपाल– कोरियामैत्री नगरपालिका अस्पताल आउने बिरामी एवं कोरोना सङ्क्रमितको उपचारमा निरन्तर लागिरहेका मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठलाई कोरोना सङ्क्रमण भएको छ ।
उपत्यका नगरपालिका फोरमका सचिवसमेत रहेका नगरप्रमुख श्रेष्ठ कोरोना सङ्क्रमण भएपछि चिकित्सकको सुझावसहित होमआइसोलेशनमा बसेका छन् । कोरोना भाइरसको पहिलो र दोस्रो सङ्क्रमणको महामारी फैलिरहँदा नगर अस्पतालमा शय्या विस्तार, पिसीआर मेसिन सञ्चालनदेखि अक्सिजन प्लान्ट स्थापनासम्ममा अस्पतालमै अहोरात्र खटिएका नगरप्रमुख श्रेष्ठलाई तेस्रो लहरको चरणमा भने कोरोना सङ्क्रमण भएको छ ।
नगरप्रमुख श्रेष्ठले घरमै आइसोलेशनमा बसेको जानकारी दिँदै नगरवासीलाई पनि कोरोनाबाट बच्न सचेतना अपनाउन आग्रह गरेका छन् । देशभर कोरोना भाइरस सङ्क्रमण बढेसँगै भक्तपुरमा आज एकैदिन ३२८ जनालाई कोरोना सङ्क्रमण भएको छ ।

 

प्रकाशित मिति : ३ माघ २०७८, सोमबार  ८ : ५४ बजे