१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुरको इकुडोलमा जागृती लोकापर्ण




३ माघ ०७८, ललितपुर । जनजागृती उच्च माध्यामिक विद्यालयले स्थापना दिवसको अवसर पारेर मुखपत्र जागृती को पाँचौं अंक लोकापर्ण गरिएको छ ।
शनिबार ललितपुरको इकुडोल सानोचिलास्थित जनजागृती माध्यामिक विद्यालयमा आयोजित विशेष कार्यक्रममा वागमती गाँउपालिकाकी उपाध्यक्ष रञ्जना तिमल्सिनाले नवनिर्मित भवन हस्तान्तरणसँगै सो मुखपत्र लोकापर्ण गरेकी हुन् ।
०७२ सालको भुकम्पले भत्काएको भवन जापान सरकारको ओडिए ऋण अन्र्तगत निर्मित भवन हस्तान्तरण गरिएको हो ।
भुकम्प दिवसको सन्दर्भ पारेर आयोजना गरिएको कार्यक्रममा शिक्षक तथा कर्मचारीहरुलाई सम्मान समेत गरिएको थियो ।
साथै कार्यक्रममा पत्रकार सन्तोष दहाल र बौद्ध दर्शनमा स्नातकोत्तर गरेकी दकिला स्याङ्तान(अरियायाणी अनागरिका) लाई समेत सम्मानित गरिएको थियो ।

प्रकाशित मिति : ३ माघ २०७८, सोमबार  १० : ३४ बजे