५ माघ ०७८, ललितपुर । ललितपुर महानगरपालिका कार्यालयका १ सय १० भन्दा बढी कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ ।ललितपुरका मेयर चिरिबाबु महर्जनको सचिवालयका ५ जना कर्मचारीमा कोरोना देखिएको छ भने विभिन्न महाशाखा, वडा कार्यालय र शाखाका कर्मचारी संक्रमित भैरहेका छन् ।
अधिकांश कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि महानगरले केही समयका लागि सेवा स्थगन गर्नेबारे छलफल शुरु गरेको छ ।
महानगरमा ३ सयबढी कर्मचारी छन् । महानगरका एक तिहाई कर्मचारीमा संक्रमण फेला परेको ललितपुर महानगरका प्रवक्ता राजु महर्जनले जानकारी दिए ।
उनले कतिपय कर्मचारी कोरोननासंग मिल्दोजुल्दो लक्षण देखिएपछि आइसोलेनमा बसेको जानकारी दिए । उनका अनुसार महानगरका अधिकाँश प्रशासनका र केही वडा कार्यालयमा कार्यरत कर्मचारीहरुमा संक्रमण पुष्टि भएको हो ।
सरसफाई तर्फका कर्मचारीहरु कोरोना परीक्षणमा सम्मिलित नभएकाले महानगरमा संक्रमित कर्मचारीको संख्या अझै बढ्न सक्ने उनले बताए ।
प्रतिक्रिया