१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


कोटेश्वरमा ठक्कर दिई फरार टिप्पर चालक नियन्त्रणमा



५ माघ ०७८,  काठमाडौं । काठमाडौंकाे कोटेश्वरमा मानिसलाई ठक्कर दिई फरार रहेका टिप्पर चालकलाई बुधवार प्रहरीले टिप्परसहित नियन्त्रणमा लिएको छ ।

प्रदेश नं ३–०२–०२६ प १८२४ को मोटरसाइकललाई मंगलबार साँझ टिप्पले ठक्कर दिएर चालक फरार भएका थिए । उक्त दुर्घटनामा घाइते भएका मोरङ घर भई भक्तपुरको सल्लाघारी बस्ने २७ वर्षीय प्रकाश लिम्बूको उपचारका क्रममा राति नै ट्रमा सेन्टरमा मृत्यु भएको थियो ।

मोटरसाइकलको पछाडि बस्ने काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिकाका ३१ वर्षीय देव लामाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

अनुसन्धानका क्रममा प्रहरीले कीर्तिपुरको सुन्दरीघाटस्थित दोभानमा लुकाई–छिपाई राखेको अवस्थामा ना१क ४५०२ नंको टिप्परसहित त्यसका चालक सुब्बा श्रेष्ठलाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसरले जनाएको छ । उनीमाथि महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरबाट थप अनुसन्धान कार्य भइरहेको छ ।

प्रकाशित मिति : ५ माघ २०७८, बुधबार  ५ : ५१ बजे