१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


साःफु भक्तपुरले दियो विद्यालयमा पुस्तकालय स्थापना गर्न एक हजार पुस्तक



७ माघ ०७८, भक्तपुर । साःफु भक्तपुरले सिन्धुपाल्चोक, पाटी भञ्याङस्थित ठूलो थकनी माध्यमिक विद्यालयमा पुस्तकालय स्थापनाका लागि पुस्तक हस्तान्तरण गरेको छ । संस्थाले विद्यालयलाई कूल एक हजार ४० थान पुस्तक हस्तान्तरण गरेको हो ।

हस्तान्तरण कार्यक्रममा साःफुका संस्थापक अध्यक्ष लक्ष्मी बखाद्यःले शिक्षामा सबैको पहुँच आवश्यक भएकाले दुर्गम क्षेत्रको सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थीलाई कक्षागत अध्ययनभन्दा बाहिरका ज्ञान वृद्धि गर्न सहयोग पु¥याउने उद्देश्यले पुस्तक प्रदान गरिएको बताए । पुस्तक लिँदै विद्यालयका प्रधानाध्यापक तिलकराज खत्रीले ठूलो थकनी माध्यमिक विद्यालयमा अझै पुस्तकालय स्थापना गर्न नसकेको अवस्थामा यस संस्थाले दिएका पुस्तकबाट पुस्तकालय स्थापना गर्न सहयोग पुगेको बताएका छन् ।

 

प्रकाशित मिति : ७ माघ २०७८, शुक्रबार  ११ : २४ बजे