२२ कार्तिक २०८१, बिहिबार | Thu Nov 7 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


मेलम्चीमा ढुंगाले किचेर एक्स्काभेटर चालकको मृत्यु




८ माघ ०७८, काठमाडौं । मेलम्ची नगरपालिका ३ हैबुङमा सडक खन्ने क्रममा ढुंगाले किच्दा एक्स्काभेटर चालकको मृत्यु भएको छ । बर्दिया घर भएका अन्दाजी ४५ वर्षका शेरबहादुर श्रेष्ठको घटनास्थलमा नै ज्यान भएको स्थानीय वसन्त गुरुङले बताए ।
शनिबार दिउँसो साढे १ बजेको समयमा मेलम्ची नगरपालिका–३ स्थित माछा फार्म नजिकै सडक विस्तारको क्रममा माथिबाट खसेको ढुंगाले एक्स्काभेटर चालकलाई लागेको थियो ।
अहिले प्रहरी घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको छ । मृतक श्रेष्ठ हिजोमात्र एक्स्काभेटर चलाउन आएको स्थानीयले बताएका छन् । न्युज कारखाना

 

प्रकाशित मिति : ८ माघ २०७८, शनिबार  ७ : ०८ बजे