१० माघ ०७८, ललितपुर । कर्मचारीमा कोरोना भाइरसको संक्रमण बढेपछि ललितपुर महानगरपालिकाले आज सोमबारदेखि अत्यावश्यकबाहेका सबै सेवा बन्द गरेको छ ।
महानगरले जारी गरेको विज्ञप्ति अनुसार संक्रमित महानगरका कर्मचारी उपचार एवं होमआइसोलेसनमा रहेकाले अत्यावश्यकबाहेकका सबै सेवा बन्द गर्नु परेको हो । प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालका अनुसार आगामी शुक्रबार सम्मका लागि अत्यावश्यकबाहेका सेवा बन्द गरिएको हो । अत्यावश्यक सेवाअन्तर्गत स्वास्थ्य सेवा, दमकल, शववाहन, एम्बुलेन्स, सरसफाई र नगर प्रहरी भने सञ्चालनमा रहनेछन् ।
प्रतिक्रिया