९ चैत्र २०८२, सोमबार | Tue Mar 24 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


मेलाम्चीमा आगलागी १६ लाखको क्षति



फाइल तस्विर

१० माघ ०७८, मेलाक्ची । मेलम्ची नगरपालिका ५ सिन्धुकोटमा आगलागी हुँदा घर गोठ जलेर नष्ट भएको छ । प्रहरीका अनुसार पौडेल गाउँ बस्ने टिकादत्त पौडेलको गोठमा खाना पकाउने क्रममा चुलोबाट एक्कासी आगो सल्केर आगलागी भएको हो । आगो सल्कदा गोठ र गोठसँगै जोडिएको उनको छोरा शंकर पौडेलको घर र गोठमा समेत आइतबार राति आगलागी हुँदा करिब १६ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जानकारी दिएको छ ।
स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै आगलागीका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेका जानकारी दिएकोे छ ।

प्रकाशित मिति : १० माघ २०७८, सोमबार  ६ : ४६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।