१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


काठमाडौंको लोलाङ हाइटबाट टेलिकमको तार चोरी गर्ने ५ जना पक्राउ



साँकेतिक तस्विर : इन्टरनेट

१० माघ ०७८, काठमाडौं । तारकेश्वर नगरपालिका ६ लोलाङ हाइटस्थित पोलहरुमा राखिदै गरेको टेलिकमको तार चोरी गरेको अभियोगमा ५ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा काठमाडौं गैरीधारा डेरा गरी बस्ने बझाङ बुङ्गल नगरपालिका ७ घर भएका २३ वर्षीय प्रेम बहादुर बोहरा, काठमाडौं सुकेधारा डेरा गरी बस्ने कैलाली घोडाघोडी नगरपालिका २ घर भएका २५ वर्षीय नमेश बुढा, गोरखा सिराञ्चोक गाउँपालिका १ घर भएका १८ वर्षीय किशोर, काठमाडौं बानेश्वर बस्ने कैलाली टिकापुर नगरपालिका १ घर भएका २४ वर्षीय गोबिन्द साउँद र काठमाडौं महानगरपालिका १६ नयाँ बजार बस्ने काभ्रे बनेपा नगरपालिका १२ घर भएका ३० वर्षीय प्रबिन कार्की रहेका छन् ।
उक्त स्थानमा टेलिकमको तार चोरी भएको भन्ने सूचना प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बालाजु तथा महानगरीय प्रहरी प्रभाग धर्मस्थलीबाट खटिएको प्रहरीले काठमाडौं तारकेश्वर नगरपालिका ६ धर्मस्थली महाकाल मन्दिर नजिक प्रदेश न.३ –०१–०२३ च.४३०१ नम्बरको हात्ती गाडी जंगलतर्फ गईरहेको अवस्थामा फेला पारी जाँच गर्दा उक्त गाडीमा टेलिकमको तार गुजुल्टो पारेको अवस्थामा फेला पारी चोरी गर्ने कार्यमा संलग्न उनीहरुलाई पक्राउ गरेको हो । साथै उनीहरुको साथबाट तार काट्न प्रयोग गरिने बिभिन्न औजारहरु र १ सय १४ मिटर कालो टेलिफोनको तार समेत प्रहरीले बरामद गरेको छ ।
उनीहरु उपर महानगरीय प्रहरी वृत्त बालाजुबाट थप अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : १० माघ २०७८, सोमबार  ७ : २३ बजे