१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


बाढीले भत्काएको मेलम्ची सडक बनाउन सडक विभागको ध्यानाकर्षण



फाइल तस्विर

११ माघ ०७८, मेलाम्ची । मेलम्ची नगरपालिका र पाँचपोखरी थाङ्पाल गाउँपालिकाले यस भेगको सडक मर्मतका लागि सडक विभागको ध्यानाकर्षण गराएका छन् । आइतबार मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्याल, पाँचपोखरी थाङ्पाल गाउँपालिकाका अध्यक्ष टासी लामा, मेलम्ची नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृतकुमार धिताललगायतको टोलीले सडक विभागको ध्यानाकर्षण गराएको हो ।
गतअसार १ गतेको मेलम्ची बाढीले कटान गरेको मेलम्ची १३ फटकशिलास्थित रातो पहिरो, मेलम्ची पाँचपोखरी सडक र फड्केश्वर छापभञ्ज्याङ सडकको मर्मतसम्भार तथा सडकले गरिरहेको कामका बारेमा जानकारी लिइएको मेलम्ची नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धितालले जानकारी दिएका छन् । भेटका क्रममा सडक विभागका उपनिर्देशक प्रभातकुमार झाले तीन दिनभित्र लागत स्टिमेटसहित मेलम्ची खाल्डेखोला सडक र रातो पहिरोको रिपोर्ट सडक विभागलाई बुझाउन सडक डिभिजन कार्यालय चरिकोटलाई निर्देशन दिनुभएको छ । त्यस्तै उनले फड्केश्वर छापभञ्ज्याङ सडकमा रु १३ करोड विनियोजित रकम काठमाडौँ डिभिजन र चरिकोट डिभिजनको भएकाले छिट्टै समन्वय गरेर निर्णय गर्नेसमेत जानकारी दिए ।

साथै बैठकमा मेलम्ची नगरपालिकाका प्रमुख अर्यालले मेलम्ची क्षेत्रमा पाँचवटा पक्की पुल आवश्यक रहेको बताएका थिए । हिउँदमा अस्थायीरूपमा आवतजावत गरेको भए पनि बर्खा लागेपछि समस्या हुने अर्यालले सडक विभागलाई जानकारी गराउनुभएको थियो । सडक विभागले भने फास्टट्«याकमार्फत बोलपत्र आह्वान गरी काम अगाडि बढाउने प्रतिबद्धता ब्यक्त गरेको धितालले जानकारी दिए । अब छिट्टै सडक मर्मत तथा स्तरोन्नतिको काम अगाडि बढ्ने धितालले विश्वास व्यक्त गरेका छन् ।

प्रकाशित मिति : ११ माघ २०७८, मंगलबार  ८ : ३५ बजे