१ जेष्ठ २०८३, शुक्रबार | Fri May 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


मकवानपुरको भिमफेदी जेलमा एक थुनुवाको मृत्यु




१० माघ ०७८, हेटौंडा । मकवानपुरको भिमफेल जेलमा एक जना थुनुवाको मृत्यु भएको छ । प्रहरीका अनुसार शौचालय जाने क्रममा लडेका एक थुनुवाको मृत्यु भएको हो । लागू औंषध मुद्दामा जेल जीवन काटिरहेका बारा जिल्लाका गढीमाई नगरपालिका १० का ४५ वर्षीय अजयप्रसाद जैसवालको मृत्यु भएको प्रहरीको भनाई छ।
अघिल्लो वर्षको भदौ महिनादेखि लागुऔषध मुद्दामा सजाय काटिरहेका मृतक जैसवालको शव परिवारले बुझिसकेका छन् ।
हिजो सोमबार बिहान शौचालय जाँदा उनी बेहोस भएका थिए । जैसवाललाई भीमफेदीमा सामान्य उपचार गरिएको थियो । उनलाई थप उपचारको लागि हेटौंडा अस्पताल लगिएकोमा यसै अस्पतालमा उनको मृत्यु भएका हो ।

प्रकाशित मिति : ११ माघ २०७८, मंगलबार  ९ : ३६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।