११ श्रावण २०८१, शुक्रबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


कामपामा अनुगमन कार्यविधि मस्यौदा तयार गर्न पाँच सदस्य समिति गठन   



११ माघ ०७८, काठमाडौं ।   काठमाडौँ महानगरपालिकाले अनुगमन कार्यविधि मस्यौदा तयार पार्न पाँच सदस्यीय समिति गठन गरेको छ । हाल भइरहेको अनुगमनको विद्यमान प्रक्रियालाई सरल, सहज, नतिजामुखी बनाउनका लागि समिति गठन गरिएको हो ।

आज कामपा उपप्रमुख हरिप्रभा खड्गीको अध्यक्षतामा बसेको विभागीय प्रमुखहरुको बैठकले समिति गठन गर्ने निर्णय गरेको हो । योजना अनुगमन तथा मूल्याङ्कन एकाइका प्रमुख नरेन्द्रविलास बज्राचार्यको संयोजकत्वमा गठित समितिको सदस्यहरुमा डा शिवराज अधिकारी, वसन्त आचार्य, रामबहादुर थापा र बलराम त्रिपाठी रहेका छन् ।

बैठकमा उप्रमुख खड्गीले स्थानीय सरकार सञ्चालनका लागि प्राप्त संवैधानिक अधिकार, स्थानीय सरकार सञ्चालन ऐनले पालिकाहरुलाई दिएका जिम्मेवारी, सेवा प्रवाह, नगरसभा र कार्यपालिका बैठकबाट गरिएका निर्णयहरुलाई आधार मानेर कार्यविधिमार्फत अनुगमनलाई एकीकृत र नतिजामुखी बनाउनुलाई लक्ष्य मानेर काम गर्नुपर्ने बताइन् ।

बैठकमा प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्यालले अनुगमनको उद्देश्य स्पष्ट हुनुपर्ने बताउँदै मापन गर्न सकिने सूचक र अनुगमनपछिको मूल्याङ्कनबाट परेको प्रभाव हेर्न सकिने गरी काम गर्नुपर्ने बताए ।

पूर्वाधार निर्माण, दैनिक खाद्यान्न, तरकारीलगायत उपभोग्य वस्तुको भण्डारण, मूल्य र बजार, गैरसरकारी सङ्घसंस्थाहरुले गर्ने कार्यक्रमहरु, महानगरमा दर्ता हुने उजुरी तथा दर्तासँग सम्बन्धित विषय, फैसला कार्यान्वयनको अवस्था, स्वास्थ्य शिक्षा, सहकारी महानगरको अनुगमन क्षेत्रमा पर्छन् ।

कामपाले महानगरपालिका बजार व्यवस्थापन तथा अनुगमन ऐन, २०७७ जारी गरिसकेको छ । स्थानीय वस्तु तथा सेवा स्वच्छ बजारका लागि जारी गरिएको यस ऐनमा महानगर आफैँले निरीक्षण अधिकृत तोकेर अनुगमनका माध्यमबाट अनुचित व्यापारिक क्रियाकलाप रोक्ने व्यवस्था गरेको छ । यसबाट स्वच्छ तथा गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने उपभोक्ताका मौलिक अधिकार सुनिश्चित हुने आशा कामपाको छ ।

प्रकाशित मिति : ११ माघ २०७८, मंगलबार  ६ : ३१ बजे