१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


धादिङको गल्छीमा दुर्घटना, एक पुरुषको मृत्यु




११ माघ ०७८, धादिङ । धादिङको गल्छीमा एक एक अपरिचत गाडीको ठक्करबाट स्थानिय पुरुषको मृत्यु भएको छ ।
प्रहरीका अनुसार गल्छी नगरपालिका ७ भल्टारस्थित सडकमा अहिलेसम्म नम्बर नखुलेको सवारी साधनको ठक्करबाट पैदलयात्री सिद्धलेख गाउँपालिका ६ बस्ने ४५ वर्षीय महलाल श्रेष्ठको सोमबार राति मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका उनको अम्बे भरोसा गल्छी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । ठक्कर दिने सवारी साधनको प्रहरीले खोजी गरिरहेका प्रहरीले बताएकोे छ ।

 

प्रकाशित मिति : ११ माघ २०७८, मंगलबार  ६ : ४६ बजे