११ फाल्गुन २०८०, शुक्रबार | Fri Feb 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


अनलाइन जुवा खेलाएको आरोपमा २ जना पक्राउ




१२ माघ ०७८, काठमाडौं । गतमंगलबार काठमाडौंको ठमेलबाट अनलाइन जुवा खेलाएको आरोपमा २ जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार मंडलबार साँझ ६ बजे काठमाडौं २६ ठमेल स्थित एलओडि क्लव अगाडी घनश्याम अम्गाईद्वारा सञ्चालित ठमेल होस्टलको पाँचौ तल्लाको २०४ नम्बर कोठामा अनलाइन जुवा सञ्चालन गरेको आरोपमा राकेशकुमार क्षेत्री र जसपाल सिंहलाई पक्राउ गरेको हो ।
यस ठाँउमा जुवा खेलाइरहेको सूचना पाएलगत्तै महानगरीय प्रहरी बृत्त, लैनचौरबाट खटिएको प्रहरी टोलीले खानतलासी गर्दा अनलाइन जुवासँग सम्बन्धित नगद, चेक, बैंक भौचर लगायत निम्न लिखित सामाग्रीहरु समेत बरामद गरेको थियो ।
बरामद सामाग्रीहरुमध्ये १ लाख ५५ हजार, सानिमा बैंकको चेक ७४ हजार २ थान, कुमारी बैंकका बिभिन्न मिति तथा व्यक्तिका नाम पठाइएका भौचर ५ लाख ६५ हजारको भौचर र मोवाइल,डायरीलगायत छन् ।

 

प्रकाशित मिति : १२ माघ २०७८, बुधबार  १२ : ०३ बजे