३१ भाद्र २०८१, सोमबार | Mon Sep 16 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


मकवानपुरमा मास्क नलगाउनेलाई जरिवाना 




१२ माघ ०७८, बाग्मती । मकवानपुर जिल्लाका सार्वजनिकस्थलमा मास्क नलगाई हिँड्डुल गर्नेलाई जरिवाना गराउन थालिएको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले विभिन्न स्थानबाट मास्क नलगाउने ६० जनालाई रु १०० का दरले जरिवाना गरेको हो ।

कार्यालयका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले मास्क नलगाइ हिँड्डुल गर्नेलाई कारबाही गरिएको जानकारी दिनुभयो । उहाँले पटकपटक सचेत गराउँदासमेत आदेशको पालना नगरेकाले कारबाहीस्वरुप जरिवाना गरिएको बताए । उनीहरुलाई कोभिड–१९ सङ्क्रामक रोग नियन्त्रण ऐन २०२० बमोजिम जरिवाना गराइएको हो । यही माघ ९ गते बसेको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकले जिल्लाको सार्वजनिकस्थलमा मास्क नलगाई हिँड्डुल गर्नेलाई जरिवाना गर्ने निर्णय गरेको थियो । साथै प्रहरीले हेटौँडामा मास्क वितरण गर्नुका साथै सङ्क्रमणबाट सचेत रहन आग्रह गर्दै आएको छ ।

प्रकाशित मिति : १२ माघ २०७८, बुधबार  २ : ५२ बजे