१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


बालाजुमा ग्यास बुलेटमा च्यापिएर चालकको मृत्यु




१३ माघ ०७८, काठमाडौं । काठमाडौंको बालाजुमा ग्यास बुलेटमा च्यापिएर एकजना गाडी चालकको मृत्यु भएको छ । पार्किङ गरेर सिसा पुछ्दै गर्दा ग्यास बुलेट अचानक गुडेर अगाडि बढेपछि भारतीय नम्बरकै अर्को ग्यास बुलेटमा उनी च्यापिएका थिए ।
मृत्यु हुनेमा भारतीय नागरिक ४५ वर्षीय दिलिप राजवंशी रहेका छन् ।
आज विहीबार विहान काठमाडौंको बालाजु औद्योगिक क्षेत्रमा पार्किङमा राखिएको गाडीको सिसा पुछ्दै गर्दा ग्यास बुलेट गुडेर अगाडि आएको थियो ।
गडी अगाडि बढेपछि उनी भारतीय नम्बरकै अर्को ग्यास बुलेटमा उनी च्यापिएका थिए ।
उनको उपचारको क्रममा शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको प्रहरीले जानकारी दिएकोे छ ।
राजवंशी च्यापिएको अर्को बुलेटका चालकलाई महानगरीय प्रहरी वृत्त बालाजुले नियन्त्रण लिई कानूनी कारवाहीको प्रकृया सुरु गरेको जानकारी दिएकोे छ ।

प्रकाशित मिति : १३ माघ २०७८, बिहिबार  १० : १३ बजे