१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


शंखरापुरमा निस्सासिएर श्रीमान–श्रीमतीको मृत्यु



१३ माघ ०७८, काठमाडौं । काठमाडौं शंखरापुर नगरपालिकामा निस्सासिएर श्रीमान–श्रीमतीको मृत्यु भएको छ। महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार शंखरापुर नगरपालिका–३ मा बुधबारराति निस्सासिएर दम्पतीको मृत्यु भएको हो।

मृत्यु हुनेमा ५२ वर्षीय पदमबहादुर थिङ र ४५ वर्षीया फूलकुमारी थिङको रहेकी छन् । उनीहरू आफू बसेको घरको कोठामा मृत अवस्थामा फेला परेको र निस्सासिएर मृत्यु भएको महानगरीय प्रहरी वृत्त बौद्धले जनाएको छ।

घटनाबारे अनुसन्धान गर्न महानगरीय प्रहरी प्रभाग साँखु र महानगरीय प्रहरी वृत्त बौद्धको टोली पुगेको छ।

प्रकाशित मिति : १३ माघ २०७८, बिहिबार  २ : १४ बजे