१८ माघ ०७८, काठमाडौं । बुढानिलकण्ठ नगरपालिका ९ रुद्रमती चोक डेरा गरी बस्ने अनिता नकर्मीको कोठाबाट सुनका विभिन्न गहना तथा नगद ८० हजार रुपैयाँ गरी करिब ४ लाख ९४ हजार रुपैयाँ बराबरको धनमाल आइतबार बेलुकी चोरी भएको छ ।
चोरीको खबर पाएलगत्तै महानगरीय प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको प्रहरीले चोरीमा संलग्न फरार व्यक्तिहरूको खोजी गर्नुका साथै घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।
१८ माघ २०७८, मंगलबार
0
Shares
प्रतिक्रिया