१८ माघ ०७८, काठमाडौं । काठमाडौंको फपिङबाट १३ किलोग्राम चाँदी बोकेर हिडिरेको अवस्थामा एक युवक पक्राउ परेका छन् ।
प्रहरीका अनुसार दक्षिणकाली नगरपालिका ५ फर्पिङबाट बिल बिनाको करिब १३ केजी चाँदीको जस्तो देखिने सामान सहित बारा सिम्रौनगढ नगरपालिका ८ कचरुवा घर भएका ३८ वर्षीय रामा शंकर साहलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
बाराको कलैयाबाट काठमाडौंतर्फ आउँदै गरेको ना.१ ज ७२०८ नम्बरको टाटा सुमो गाडीमा प्रहरीले जाँच गर्ने क्रममा गाडीमा सवार साहलाई उक्त सामान सहित फेला पारी पक्राउ गरेको हो ।
घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।
१९ माघ २०७८, बुधबार
0
Shares
प्रतिक्रिया