१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


काठमाडौंको खिचापोखरी र बुढानिलकण्ठमा २ जना मृत फेला




१८ माघ ०७८, काठमाडौं । काठमाडौंको खिचापोखरी र बुढानिलकण्ठमा १ एक एक जना मृत अवस्थामा फेला परेका छन् ।
प्रहरीका अनुसार काठमाडौं महानगरपालिका २२ खिचापोखरी डेरा गरी बस्ने भारत पश्चिम बंगाल घर भएका ६० वर्षीय प्रशान्त सरकार आफ्नै कोठामा सोमबार मृत अवस्थामा फेला परेका छन् ।
साथै काठमाडौंको बुढानिलकण्ठ नगरपालिका १२ कपन आदर्शचोक डेरा गरी बस्ने सोलुखुम्बु साबिक छेस्काम गाविस–७ घर भएका ३६ वर्षीय भिम कुलुङ आफ्नै कोठामा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान सुरु गरेको जनाकारी दिएको छ ।

प्रकाशित मिति : १९ माघ २०७८, बुधबार  १० : ५० बजे