१ जेष्ठ २०८३, शुक्रबार | Fri May 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


भक्तपुरमा बस्दै आएका अधिकारी क्रिप्टोकरेन्सी कारोबारको आरोपमा पक्राउ




१९ माघ ०७८, काठमाडौं ।  क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा प्रहरीले काठमाडौँको न्यूरोडस्थित गुच्चाटोलबाट एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिका घर भई भक्तपुरमा बस्दै आएका रवीन्द्र अधिकारी भनिने चन्द्रमणि अधिकारी छन् ।
३० वर्षीय अधिकारीलाई माघ १६ मा पक्राउ गरिएको महानगरीय प्रहरी कार्यालयले जनाएको छ । आरोपीलाई थप अनुसन्धान र कानुनी कारबाहीका लागी महानगरीय प्रहरी परिसरको जिम्मा लगाइएको छ ।

१ करोड ४८ लाख ४४ हजार डिजिटल मुद्रा ‘क्रिप्टोकरेन्सी’को कारोबार गरेको देखिएको प्रहरीले जनाएको छ । आरोपीले प्रयोग गरेको मोबाइलबाट १३ लाख रुपैयाँ नेपाली मुद्रा बराबरको डिजिटल मुद्रा मौज्दात देखिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १९ माघ २०७८, बुधबार  १२ : २१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।