१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


आफ्नै भवनमा सर्दै चन्द्रागिरि नगरपालिका   



१९ माघ ०७८, काठमाडौं । चन्द्रागिरि नगरपालिकाले यही माघ मसान्तभित्र आफ्नै नयाँ भवनमा सर्ने तयारी गरेको छ । यसका लागि चन्द्रागिरि– १२ स्थित गुर्जुधारामा करिव सात रोपनी जमिनमा प्रशासकीय भवन तथा अन्य संरचना निर्माणाधीन छन् ।
मौलिक एवं सास्कृतिक कलात्मक आँखि झ्याल संरचनाको छ तलाको सो भवन रु २५ करोड लागतमा सम्पन्न हुन लागेको हो । तीन रोपनीमा प्रशासनिक भवन र चार रोपनीमा बाह्य संचना बनिरहेको र सो रकम मध्ये जिल्ला समन्वय समिति काठमाडौँको रु १० करोड र बाँकी नगरपालिको आन्तरिक स्रोत रहेको जनाइएको छ ।

नगरप्रमुख घनश्याम गिरीले भने, “यही माघ मसान्तभित्रमा हामी नयाँ भवन सर्दैछौ । भवन उद्घाटनको तयारी हुँदैछ । ” बाल, जेष्ठ नागरिक र अपाङगता मैत्री भवनको भित्री संरचना कोठा, हल तयार गर्ने , छुट्याउने, रङ्गरोगन गर्ने तथा वाह्य संरचनामा बगैँचा बनाउने काम धमाधम जारी छ । समन्वय समितिका प्रमुख शिवसुन्दर राजवैद्य र नगर प्रमुख गिरीले विसं २०७६ मङसिर ११ गते संयुक्त रुपमा सो भवनको शिलान्यास गर्नुभएको थियो । रसुवा कन्स्ट्रक्सन कम्पनी प्रालिले ठेक्का पाएको सो भवन सम्झौता अनुसार विसं २०७८ बैशाखभित्रमा नगरपालिकालाई हस्तान्तरण गर्नुपर्ने थियो तर कोभिड–१९ को महामारीका कारण ढिलाइ भएको भएको जनाइएको छ ।
नयाँ भवनबाट पशु सेवा कार्यलय बाहेक अन्य सेवा नगरबासीले एकीकृत रुपमा पाउने उनले बताए ।
भूकम्पप्रतिरोधि र अग्नि नियन्त्रक उपकरण जटित सो प्रशासनिक भवनमा करिव २०० क्षमताको सभाहल सहित नगर प्रमुख, उपप्रमुख तथा प्रशासकीय अधिकृतका कार्यकक्षमा छुट्टै ‘मिनि मिटिङ हल’ तथा ‘अण्डरग्राउण्ड पार्किङ ’ को रहेको निर्माण कम्पनीका प्रतिनिधि बरुण केसीले जानकारी दिए ।

नगरपालिकाको १५ वडा मध्ये अधिकाशं वडा कार्यालयका आफ्नै भवन छन् । पछिल्ला समय वडा नं ३ र ४ वडाको नयाँ भवन निर्माण सम्पन्न भएको र वडा नं ७, ११ र ५ को जग्गा खरिद गरी भवन निर्माणका लागि आवश्यक काम अगाडि बढेको ननगरप्रमुख गिरीले जानकारी दिए ।

 

प्रकाशित मिति : १९ माघ २०७८, बुधबार  ६ : ०५ बजे