१९ फाल्गुन २०८०, शनिबार | Sun Mar 3 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


भक्तपुरमा ट्रक र मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु




२० माघ ०७८, भक्तपुर । भक्तपुरमा ट्रक र मोटरसाइकल एकापसमा ठोक्किँदा आज विहीबार एक युवकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा चाँगुनारायण नगरपालिका–७ खरिपाटीका २४ वर्षीय सञ्जोग गिरी रहेका छन् ।
चाँगुनारायण ७ खरिपाटी भद्रकालीमा प्रदेश नं ३–००१ प १४७७ नं को मोटरसाइकल र बा५ख १६२५ नं ट्रक एकापसमा ठोक्किँदा मोटरसाइकल चालक गिरीको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिएका छन् ।
गिरीको घटनास्थलमै मृत्यु भएको हो । प्रहरीले ट्रक चालक सिन्धुपाल्चोकको बाह्रबिसे घर भई हाल भक्तपुर नगरपालिका ८ लिवाली बस्ने ३४ वर्षीय राम आचार्यलाई पक्राउ गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएकोे छ ।
रासस

प्रकाशित मिति : २० माघ २०७८, बिहिबार  ८ : १० बजे