१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


चन्द्रागिरिमा हिउँ खेलेर फर्किंदा हराएका ५ जनाको उद्धार



२४ माघ ०७८, काठमाडौं ।  चन्द्रागिरिमा हिउँ खेलेर फर्किदा हराएका एकै परिवारका पाँच सदस्यलाई प्रहरीले मध्यराति उद्धार गरेको छ ।

हिउँ खेल्न गएर फर्किने क्रममा जंगलको बाटोमा हराएका उनीहरूलाई प्रहरीले मध्यराति फेला पारेर उद्धार गरेको हो । थानकोट प्रहरीका अनुसार उनीहरूले आफूहरूले बाटो भूलेको भनेर राति साढे आठ बजे घरमा खबर गरेका थिए । घरका अरु सदस्यहरूले प्रहरीमा जानकारी गराएपछि प्रहरी टोली परिचालित भएको थियो ।

साढे सात वर्षीया बालिकासहितका उनीहरूलाई प्रहरीले फेला पारेर घर पुर्‍याएको थियो । उनीहरू सबै सकुशल रहेका थानकोट प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २४ माघ २०७८, सोमबार  ९ : ०७ बजे