११ श्रावण २०८१, शुक्रबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


डिभिजन सडक कार्यालय ललितपुर पुनःस्थापना



२४ माघ ०७८, ललितपुर । डिभिजन सडक कार्यालय ललितपुर खारेज भएको झण्डै आठ महिनापछि पुनःस्थापना भएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले आज हरिहर भवनस्थित कार्यालय पुगेर यसको उद्घाटन गरेकी छिन् ।
कार्यालय विगत रहेकै ठाउँमा छ भने यहाँको कर्मचारी गत आवभन्दा केही घटेको छ । अर्थ मन्त्रालय र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गत जेठमा डिभिजन खारेज गरेको डिभिजन प्रमुख मुकुन्दराज अधिकारीले बताएका छन् । डिभिजन खारेजी गर्ने सरकारको निर्णयपछि जिल्लाका राजनीतिक दलहरूले यसको पुनःस्थापनाको माग गर्दै आएका थिए । सडक विभागले पनि त्यतिबेला नै डिभिजन खारेजी नचाहेको उनले बताए ।
उनले भने, “यहाँ डिभिजन चाहिन्छ भनेर राजनीतिक नेतृत्वले आवाज उठाएकै कारण अघिल्लो महिना पुनः स्थापना भएको थियो ।” डिभिजनको कार्यालय पहिले भएकै स्थानमा रहेको छ भने यहाँको दरबन्दी विगतमा कायम दरबन्दीभन्दा छ जना कम भएको छ । डिभिजनमा पहिले ३२ जनाको दरबन्दी रहेकामा अहिले प्रशासन, केही कार्यालय सहायक र सवारी चालक घटेर अहिले २६ जना कायम भएको छ ।
सडक विभागले पनि विगतदेखि नै ललितपुरमा डिभिजन कार्यालय हुनुपर्छ भन्ने चाहेको प्रमुख अधिकारीले बताए । सडक निर्माण र मर्मतको काम नजिकैबाट अनुगमन गर्न डिभिजन आवश्यक भएको उनले बताए । उनले भने, “अनुगमन टाढाबाट गर्दा गुणस्तर कायम गर्न गाह्रो हुन्छ ।”

 

प्रकाशित मिति : २४ माघ २०७८, सोमबार  ८ : ५० बजे