१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


कपन आकासेधाराबाट लागूऔषधसहित छिरिङ पक्राउ



साँकेतिक तस्विर : इन्टरनेट

२५ माघ ०७८, काठमाडौं । काठमाडौं, बुढानिलकण्ठ नगरपालिका-१० कपन आकासेधाराबाट ६ ग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित सोही ठाउँ बस्ने २२ वर्षीय पासाङ छिरिङलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

बिशेष सूचनाको आधारमा महानगरीय प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले छिरिङलाई शंकास्पद अवस्थामा फेला पारी उनको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।

साथै थप अनुसन्धानको क्रममा उक्त पदार्थ सोही ठाउँ बस्ने कञ्चनपुर भिमदत्त नगरपालिका घर भएका २७ वर्षीय खगेस खत्रीले राख्न दिएको भनी खुल्न आएपछि बुढानिलकण्ठ नगरपालिका-६ गोपिकृष्ण हल नजिकबाट उनलाई समेत प्रहरीले पक्राउ गरेको छ ।

प्रकाशित मिति : २५ माघ २०७८, मंगलबार  १२ : ३० बजे