१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


धापासीमा कारको ठक्करबाट बालकको मृत्यु



२६ माघ ०७८, काठमाडौं । काठमाडौं धापासीमा कारको ठक्करबाट एक बालकको मृत्यु भएको छ ।
स्थानीय ३ बर्षीय श्रीयन पाण्डेको कारको ठक्करबाट मृत्यु भएको हो । मंगलबार बेलुकी कारको ठक्करबाट गम्भीर घाइते भएका बालकको उपचारका क्रममा राती साढे ९ बजे धापासी स्थित ग्राण्डी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

सडकमा खेल्दै गरेका उनलाई मंगलबार बेलुकी सवा ८ बजे बा १७ च ५०२२ नम्बरको कारले ठक्कर दिएको थियो ।

कार सहित चालकलाई महानगरीय प्रहरी वृत्त महाराजगञ्जले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : २६ माघ २०७८, बुधबार  ११ : ५७ बजे