१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


स्रोत नखुलेको रकमसहित बालाजु बाईपासबाट पक्राउ



२६ माघ ०७८, काठमाडौं ।  काठमाडौं महानगरपालिका-१६ बालाजु बाईपासबाट स्रोत नखुलेको नगद ६९ लाख ९९ हजार रुपैयाँ सहित नुवाकोट ककनी गाउँपालिका-३ चाउथे घर भएका २९ वर्षीय नवराज ढुंगानालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा महानगरीय प्रहरी कार्यालय रानीपोखरी र महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ

प्रकाशित मिति : २६ माघ २०७८, बुधबार  १ : ५५ बजे