१० पुस २०८२, बिहिबार | Fri Dec 26 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


सत्यमोहन जोशीको आत्मकथा ‘सत्यमोहन’ प्रकाशन हुने




२६ माघ ०७८, काठमाडौं । संस्कृतिविद् सत्यमोहन जोशीको आत्मकथा प्रकाशन हुने भएको छ। मंगलबारदेखि अस्वस्थ भई अस्पताल भर्ना भएका जोशीको स्वास्थलाभको कामनासहित प्रकाशक बुकहिल पब्लिकेसनले बिहिबार पुस्तकको कभर सार्वजनिक गर्दै पुस्तक यही फागुन महिनामा प्रकाशन हुने जनाएको हो।

पत्रकार एवम् लेखक गिरीश गिरीद्वारा लिखित आत्मकथामा राणाकालको अन्तिम दशकदेखि कोरोनाकालसम्म जोशीले भोगेका, देखेका र अनुभूत गरेका भौगोलिक, सामाजिक, राजनीतिक, सांस्कृतिक र व्यवहारिक जीवनबारे रोचक शैलीमा वर्णन गरिएको छ।

करिब एक दशकको सान्निध्य र कुराकानीबाट गिरीश गिरीले पुस्तक तयार पारेका हुन्। तीन पटक मदन पुरस्कार प्राप्त गरेका १०२ वर्षीय जोशी जीवित अवस्थामा हुलाक टिकट प्रकाशन हुने पहिलो आमनागरिक पनि हुन्।

चर्चित फोटोग्राफर कुमार आलेले खिचेको अप्रकाशित फोटोलाई पुस्तकको आवरणमा बनाइएको छ।

प्रकाशित मिति : २६ माघ २०७८, बुधबार  ५ : ३३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।