११ फाल्गुन २०८०, शुक्रबार | Fri Feb 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


चाँदी जस्तो देखिने ३ किलो सेतो धातुसहित फर्पिङबाट १ जना पक्राउ



shyam phuyal\lalitpurkhabar, प्रतिकात्मक तस्बिर
२७ माघ ०७८, काठमाडौं । काठमाडौं दक्षिणकाली नगरपालिका-५ स्थित फर्पिङबाट चाँदी जस्तो देखिने ३ किलो सेतो धातु सहित काठमाडौं न्यूरोड बस्ने भारत वेस्ट बङ्गाल घर भएका २६ वर्षीय पिण्टु मण्डललाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

वीरगञ्‍जबाट काठमाडौं आउँदै गरेको ना.१ ज ६२५३ नम्बरको टाटा सुमोलाई प्रहरीले जाँच गर्ने क्रममा सुमोमा सवार मण्डलले उक्त धातु लुकाई ल्याएको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।  उनलाई उक्त धातु सहित आवश्यक अनुसन्धान तथा कारबाहीको लागि त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल भन्सार कार्यालय गौचरमा पठाइएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

प्रकाशित मिति : २७ माघ २०७८, बिहिबार  १२ : २४ बजे