१ जेष्ठ २०८३, शुक्रबार | Fri May 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


सत्यमोहन जोशीलाई भेट्न अस्पताल पुगे पर्यटनमन्त्री आले




२८ माघ ०७८, काठमाडौं । संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीलाई भेट्न अस्पताल पुगेका छन् ।
मन्त्री आलेले छातीको समस्याले ललितपुरको इमाडोलस्थित किस्ट मेडिकल कलेजमा उपचार गराइरहेका जोशीको स्वास्थ्यअवस्थाको जानकारी लिएका हुन् ।
जोशीको उपचारको सम्पूर्ण खर्च किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालले व्यहोरिरहेको छ । तर,मन्त्री आलेले जोशीको उपचारमा आफूले सहयोग गर्न अस्पताल प्रशासनसँग इच्छा राखेको मन्त्री आलेका स्वकीय सचिव हेमन्त रेग्मीले जानकारी दिए ।
जोशीको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालका निर्देशक प्राडा सुरज बज्राचार्यले जानकारी दिए ।
तस्बिर सौजन्य ः पर्यटनमन्त्री आलेको निजी सचिवालय ।

 

प्रकाशित मिति : २८ माघ २०७८, शुक्रबार  ८ : ०७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।