१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


सातदोबाटोमा भेटियो सुनाकोठीबाट हराएको वालकुमारीको मूर्ति




२८ माघ ०७८,ललितपुर । सुनाकोठीस्थित बालकुमारी मन्दिरबाट हराएको मूर्ति ललितपुरको सातदोबाटो नजिकै फेला परेको छ । ललितपुर प्रहरी परिसरका अनुसार गत माघ ८ गतेदेखि हराइरहेको मूर्ति ललितपुर महानगरपालिका १५ स्थित करुणा मन्दिरको छेवैमा फेला परेको हो ।
आज शुक्रबार बिहान ६ बजेतिर मन्दिर छेउमा मूर्ति भेटिएपछि टोलमा हल्ला खल्ला भएको थियो ।
मूर्ति फेला परेको खबर पाएपछि प्रहरीले जावलाखेलस्थित प्रहरी परिसरमा लगेर राखेको छ । लसलतपुर प्रहरी प्रमुख एसएसपी यज्ञविनोद पोखरेलले मूर्ति र आफू पक्राउ पर्न सक्ने अवस्था आकलन गरेर चोरी गर्नेले मूर्ति छाडेको हुनसक्ने बताएका छन्
यो मूर्ति बालकुमारी मन्दिरको पुरानै स्थानमा प्रतिस्थापनका लागि प्रहरीले केही समयपछि हस्तान्तरणगर्ने कार्यक्रम रहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : २८ माघ २०७८, शुक्रबार  १० : ४४ बजे