११ श्रावण २०८१, शुक्रबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


गोकर्णबाट बालकको सुनको मुन्द्रा लुट्ने र किन्ने पक्राउ



shyam phuyal\lalitpurkhabar, प्रतिकात्मक तस्बिर

२८ माघ ०७८, काठमाडौं । काठमाडौंको बौद्धबाट ३ बर्षीय वालकको सुनको मुन्द्रा मामाको साइनो लगाएर लुट्ने र सो मुन्द्रा किन्न २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीका अनुसार पक्राउ पर्नेहरुमा उक्त मुन्द्रा लुट्ने काठमाडौं गोकर्णश्वर नगरपालिका ४ गोकर्ण घर भएका ३८ वर्षीय नारायण श्रेष्ठ र लुटेको सुन किन्ने काठमाडौं गोकर्णश्वर नगरपालिका ६ स्थित न्यू लक्की सुन चाँदी पसल सञ्चालन गरी बस्ने मोरङ पथरी शनिश्चरे नगरपालिका ८ घर भएका ३० वर्षीय राज कुमार बराइली रहेका छन् ।
काठमाडौं महानगरपालिका ६ बौद्धबाट गत माघ ८ गते काठमाडौं महानगरपालिका ६ पाटिटारस्थित तरकारी बजारमा तरकारी पसल सञ्चालन गर्दै आएकी महिलाको ३ वर्षीय नाबालक छोरालाई चक्लेट दिई आफूलाई मामा हुँ भनी फकाई फुल्याई नाबालकले कानमा लगाएको अन्दाजी २÷२ आना गरी जम्मा अन्दाजी ४ आना बराबरको सुनको मुन्द्रा लुटेको घटनामा संलग्न उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
उनीहरु उपर चोरी तथा डाँका सम्बन्धी कसूर अन्तर्गत काठमाडौं जिल्ला
अदालतबाट ५ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २९ माघ २०७८, शनिबार  ८ : ३२ बजे