११ पुस २०८१, बिहिबार | Fri Dec 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


कांग्रेस सिन्धुपाल्चोक सभापतिमा प्रेमध्वज र वंशलालको प्रतिस्पर्धा




३ फागुन ०७८, सिन्धुपाल्चोक । नेपाली कांग्रेस सिन्धुपाल्चोक जिल्ला सभापतिमा डा.प्रेमध्वज लामा र वंशलाल तामाङबीच प्रतिस्पर्धा हुने सम्भावना बढेको छ ।
१४ औं जिल्ला अधिवेशनबाट सभापतिका लागि धेरैले आकांक्षा देखाए पनि अन्ततः सभापति शेरबहादुर देउवा पक्षधर लामा र शेखर कोइराला पक्षधर तामाङबीच प्रतिस्पर्धा हुने भएको हो ।
२०४६ मा कांग्रेस जिल्ला सदस्य हुँदै गाउँपालिका राष्ट्रिय महासंघका महासचिवसमेत रहेका इन्द्रावती गाउँपालिकाका अध्यक्ष तामाङको पार्टी संगठन विस्तारमा लाग्ने नेता हुन् ।
काठमाडौंमा बसेर अधिकांश समय प्राध्यापनमा बिताएका लामाले त्रिभुवन विश्वविद्यालयको उपप्राध्यापक पदबाट राजीनामा दिएर सभापतिमा भिड्दै छन् ।
लामा सिन्धुपाल्चोकबाट महाधिवेशन प्रतिनिधिसमेत भएका थिए । लामा सभापति देउवा, केन्द्रीय सदस्य मोहनबहादुर बस्नेत निकट हुन् ।
अन्तिम समयमा तामाङलाई समर्थन गरेर अगाडि बढ्ने रणनीतिमा कोइराला पक्षका नेता छन् । देउवा पक्षमा भने बस्नेतले छानेका व्यक्ति सभापतिको उम्मेदवार हुने निश्चित छ ।

कांग्रेस सिन्धुपाल्चोकको १४औँ जिल्ला अधिवेशन १३ फागुनमा हुँदैछ । समायोजन, क्रियाशील विवाद र विभिन्न आन्तरिक द्वन्द्वले पटक–पटक स्थगित भएको अधिवेशन फागुनमा हुन लागेको हो ।

प्रकाशित मिति : ३ फाल्गुन २०७८, मंगलबार  ११ : ३५ बजे