९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


नयाँ बजारबाट नक्कली नोटसहित चार जना पक्राउ



४ फागुन ०७८, काठमाडौं । काठमाडौंको नयाँ बजारबाट नक्कली नोटसहित चार जना पक्राउ परेका छन्। बुधबार दिउँसो ३ बजे काठमाडौं महानगरपालिका–१६ नयाँ बजार मेडिकल चोकबाट प्रहरीले चार जनालाई एक हजारका नक्कली नोटसहित पक्राउ गरेको हो।

महानगरीय अपराध महाशाखा टोलीले पाएको गोप्य सूचनाको आधारमा खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा रौतहट गौर नगरपालिका १२ घर भई नयाँबजार बस्ने २८ वर्षीय पृथ्वीप्रसाद साह, राजपुर नगरपालिका ३ का २७ वर्षीय मोहम्मद मुसरफ अली, ३० वर्षीय असरफ अली सहिद र गौर ९ का २८ वर्षीय महमद शम्साद आलम छन्। उनीहरूबाट हजार दरका २९४ थानको २ लाख ९४ हजार बराबरको नक्कली बरामद गरेको हो।

 

प्रकाशित मिति : ४ फाल्गुन २०७८, बुधबार  ७ : २४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।