१२ पुस २०८१, शुक्रबार | Fri Dec 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


बलेफी गाउँपालिका अध्यक्ष क्षेत्रीले परित्याग गरे एमाले




४ फागुन ०७८, सिन्धुपाल्चोक । नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्य तथा बलेफी गाउँपालिका अध्यक्ष केदार क्षेत्रीको नेकपा एमाले परित्यागको घोषणा गरेका छन् । बुधबार चौतारामा पत्रकार सम्मेलन गरेर एमाले परित्यागको घोषणा गरेका हुन् ।
लामो समयदेखि एमालेमा सक्रिय रहेका नेता क्षेत्री पार्टीको नवौं महाधिवेशनबाट रुष्ट बनेका थिए । जिल्ला अध्यक्षको दाबी गरेको भए पनि स्थायी कमिटी सदस्य शेरबहादुर तामाङ नेतृत्वको अध्यक्षमण्डलसँग असन्तुष्ट बनेपछि पार्टी परित्यागको घोषणा गरेका हुन् ।
यसअघि माधव नेपाल खेमामा रहेका क्षेत्री पार्टी विभाजनको बेलामा १० बुँदे सहमतिको आधारमा एमालेमै बसेका थिए । उनले हालै सम्पन्न भएको जिल्ला महाधिवेशनपछि केन्द्रीय सदस्य शरेस नेपालले अपमान गरेको आरोप लगाएका छन्।
उनले एमाले छाडेपछि माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीमा जाने आकलन गरिएको छ । यसअघि पूर्वसांसद सुवास कर्माचार्यसहित सयौं नेता कार्यकर्ताले एमाले छाडेर समाजवादीमा प्रवेश गरेका थिए । तर, उनले पार्टी परित्याग गर्दा कुन पार्टीमा जाने खुलाएका छैनन् ।
न्युज कारखाना

प्रकाशित मिति : ४ फाल्गुन २०७८, बुधबार  ९ : २३ बजे