१४ फाल्गुन २०८०, सोमबार | Tue Feb 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


पाटनका बज्राचार्यको ससुरालीमा लडेर मृत्यु




६ फागुन ०७८, ललितपुर । ललितपुर पाटनका एक पुरुषको ससुरालीको घरमा लडेर मृत्यु भएको छ ।
प्रहरीका अनुसार ललितपुर महानगरपालिका ७ भिन्छेबहाल बस्ने ५६ वर्षीय राजु बज्राचार्यको ससुराली घरको छतबाट लडेर बिहीबार मृत्यु भएको हो ।
एनको पाटन स्थित नटोलमा रहेको ससुरालीको ३ तले घरको छतबाट लडेर गम्भीर घाइते भएका उनको उपचारको लागि अल्का अस्पतालतर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो । घटनाको सूचनापछि महानगरीय प्रहरी प्रभाग पुल्चोकबाट खटिएको प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : ६ फाल्गुन २०७८, शुक्रबार  ८ : ३० बजे