१८ मंसिर २०८१, मंगलबार | Wed Dec 4 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


मकवानपुरस्थित भीमफेदी कारागारका १० जना कैदीबन्दीको सजाय मिनाहा




७ फागुन ०७८, मकवानपुर । राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा मकवानपुरको भीमफेदी कारागारबाट १० कैदीबन्दीको आज सजाय मिनाहा भएको छ ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले देशभरिका ५०१ कैदीबन्दीको सजाय मिनाहा र १२ जनालाई आममाफी दिने कार्यअन्तर्गत भीमफेदी कारागारका १० कैदीबन्दीको सजाय मिनाहा भएको बताइएको छ ।
भीमफेदी कारागारका निमित्त प्रमुख जेलर केदारप्रसाद सापकोटाका अनुसार सजाय मिनाहा भएका १० कैदीबन्दी आज रिहा भएर आ–आफ्नो घर फर्किसकेको बताएका छन् ।
सजाय मिनाहा भएकामध्ये आठ जना नेपालका र दुई भारतका छन् । रिहा भएकामध्ये भारतका दुई, मकवानपुरका पाँच, सिन्धुलीका एक, उदयपुरका एक र सुनसरीका एक जना रहेका छन् । सजाय मिनाहा पाउनेमा सवारी ज्यान मुद्दाका चार, कर्तव्य ज्यान मुद्दाका तीन र डाँका तथा ज्यान मार्ने उद्योगका एक÷एक जना रहेको निमित्त प्रमुख जेलर सापकोटाले बताएका छन् ।

 

प्रकाशित मिति : ७ फाल्गुन २०७८, शनिबार  ७ : १२ बजे