११ श्रावण २०८१, शुक्रबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार

दक्षिण ललितपुरको कोञ्ज्योसोममा ४ दर्जन कार्यकर्ता एमालेमा प्रवेश

७ फागुन ०७८, ललितपुर । दक्षिण ललितपुरको कोञ्ज्योसोममा शनिबार शंखुका पुराना कम्युनिष्ट नेता नीलध्वज लामासहित फूलध्वज लामा, सलेस लामा जुलाफ लामालगायत ४ दर्जनभन्दा धेरै कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन् ।
शनिबार शंखुमा अगुवा कार्यकर्ता भेला कार्यक्रममा उनीहरु विभिन्न पार्टी परित्याग गरेर नेकपा एमालेमा प्रवेश गरेका हुन् । एमाले पोलिटव्युरो सदस्य तथा पूर्वसांसद सुशीला नेपाल, संघीय सांसद नवराज सिलवाल, प्रदेश सांसद चेतनाथ सन्जेल एमाले बागमती प्रदेश कमिटि सदस्य कृष्णमान लामा लगायतले उनीहरुलाई टिका र खादा लगाएर स्वागत गरे ।
गत स्थानीय निर्वाचनमा एकीकृत माओवादीले जिते पनि प्रतिवद्धता अनुसार काम गर्न नसकेको भन्दै उनीहरु एमालेमा प्रवेश गरेको कार्यक्रममा बताएका छन् ।
कार्यक्रममा बोल्दै एमाले पोलिटव्युरो सदस्य सुशीला नेपालले पार्टी फुटेपनि त्यसको असर नपर्ने र आगामी निर्वाचनहरु एमालेले नै जित्ने दावी गरिन् ।
प्रवेश गरेको कार्यकर्ताहरुलाई उचित जिम्मेवारी दिने प्रतिबद्धता व्यक्त गर्दै संघीय संसाद नवराज सिलवाल कोञ्ज्योसोममा एमालेको विजय गराउन शंखुबासीको उल्येख्य भूमिका हुने बताए ।
प्रदेश सासंद चेतनाथ सञ्जेलले एमालेले जनताको मन जित्न विकाशको कामहरु अघि बढाएको बताए । उनले यस क्षेत्रको विकाशमा तामाङ्ग छ्योर्देन, बिर्खेधारा दलाचोकी शंखु इकुडोल हुँदै आश्राङ्ग जोड्ने सडक बहुवार्षीय आयोजना, मगरगाउँ माविमा बाली विज्ञानको अध्ययन अध्यापन लगायतका योजनाले मुहार फेर्ने बताए ।

प्रकाशित मिति : ७ फाल्गुन २०७८, शनिबार  ७ : ५८ बजे