१५ फाल्गुन २०८०, मंगलबार | Wed Feb 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


नुवाकोटमा बस दुर्घटना, ५६ घाइते, एक जनालाई हेलिकप्टरबाट काठमाडौं ल्याइयो



८ फागुन ०७८, नुवाकोट। नुवाकोटमा बस दुर्घटना हुँदा ५६ जना घाइते भएका छन्।

किस्पाङ गाउँपालिका–३ किटनी बगर नजिकै बस दुर्घटना हुँदा ५६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

आइतबार बिहान कृष्णा गाउँपालिका १ साल्मेबाटबाट जाँदै गरेको बागमती प्रदेश ३/०१/०६ ख १५४१ नम्बरको बस किटनी बगर नजिक बाटोभन्दा २० मिटर तल खसेर दुर्घटना भएको हो।

बस ओभरलोडका कारण अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ । घाइते भएकाहरूको त्रिशूली अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीका अनुसार ७ जना गम्भीर घाइते छन्। उनीहरूमध्ये एक जनालाई हेलिकप्टरमार्फत् काठमाडौं ल्याइएको छ।

प्रकाशित मिति : ८ फाल्गुन २०७८, आइतबार  ४ : १७ बजे