१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


भक्तपुरमा टिपरको ठक्करपछि बालिकाको मृत्यु




८ फागुन ०७८, भक्तपुर । चाँगुनारायण नगरपालिका ८ सुडाल रानीबारीमा आज आइतबार सुडालबाट च्यामासिंहतर्फ आउँदै गरेको बा ४ ख ७३५२ नं को टिपरको ठक्करले पैदलयात्रीको मृत्यु भएको छ ।
टिपरको ठक्करले काभ्रे महाभारत गाउँपालिका–२ घर भई हाल सुडालस्थित इँट्टाभट्टामा काम गर्ने सूर्यबहादुर मगरकी आठ वर्षीया छोरी विनिताको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिएका छन् ।
ठक्करबाट घाइते बालिकाको ख्वप अस्पताल च्यामासिंहमा प्राथमिक उपचारपछि मध्यपुर अस्पताल थिमिमा आज मृत्यु भएको उनले जानकारी दिएका छन् । चालक भक्तपुर नगरपालिका ८ जेला बस्ने २७ वर्षीय राजेश कुस्मा र टिपरलाई नियन्त्रणमा लिएर प्रहरी वृत्त जगाती भक्तपुरमा राखेको उनले बताए ।

प्रकाशित मिति : ८ फाल्गुन २०७८, आइतबार  १० : ०४ बजे