१४ पुस २०८१, आइतबार | Sun Dec 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुरको महालक्ष्मी नगरमा एमालेको चुनाव लक्षित कार्यक्रम सुरु




१५ फागुन ०७८, इमाडोल । महालक्ष्मी नगरपालिकाभित्र एमोलेले चुनाब लक्षित कार्यक्रमलाई अगाडी बढाउन १० ओटै वडाका युवा संघ, अनेम संघजस्ता भातृ संगठनहरुलाई सक्रिय बनाउदै अगाडी बढाउदै लगेको छ ।
महालक्ष्मी नगरपालिका राष्ट्रिय युवा संघ वडा नं ५ द्धारा आयोजित युवाहरुको भेलालाई सम्बोधन गर्दै नेकपा एमाले लेखा आयोग सदस्य तथा महालक्ष्मी नगरपालिका नगरप्रमुख रामेश्वर श्रेष्ठले एमालेलाई सिध्याउन पाए अगाडी बढ्ने गलत सोंचका साथ गठबन्धन लागि परेकाले कडा टक्कर दिन आवश्यकता रहेको बताएका छन् । एमालेले उच्चस्तरको हाईट निर्माण गरिरहेकाले सबै शक्तिहरु आतंकित भएको उनले आरोप लगाएका छन् ।
‘पार्टीलाई एक ढिक्का बनाउँन यस्का लाईन नीति कार्यक्रमहरुलाई जनतालाई गोलबन्द गर्नुपर्ने आवश्यकता छ’ श्रेष्ठले भने, ‘घरघर दैलो दैलोमा पुर्याउन नगरकमिटि, वडा कमिटि, भातृसंस्थाहरु टोल टोल कमिटिहरु विस्तार गर्दै लैजानु पर्ने आजको आवश्यकता छ ।’
उनले घरघर दैलो दैलोमा पुर्याउन नगरकमिटि, वडा कमिटि, भातृसंस्थाहरु टोल टोल कमिटिहरु विस्तार गर्दै लैजान नगरपालिकाभित्रका युवाहरुलाई आग्रह गरे ।
उनले व्यापकरुपमा कमिटि विस्तार हुदा वडा, नगर, जिल्ला हुदै प्रदेश हुदै केन्द्र बलियो पार्टी बलियो हुने बताए । नगरपालिकामा नीर्विवादित रुपमा पाँच बर्षको कार्यकाल पूरा गरेको उल्लेख गर्दै नगरप्रमुख श्रेष्ठले शिर निहुराउने गरी काम नगरेकाले त्यो साथ बचाउनेतर्फ लागि परेको बताए ।
‘पूर्व प्रधानमन्त्री केपि शर्मा ओलीले देशलाई समृद्ध र नागरिकलाई सखी सुरक्षित बनाउने परिवर्तन गर्ने धारमा लैजादा राष्ट्रिय अन्तराष्ट्रिय देशद्रोही जनताविरोधी शक्तिहरु आतंकित भईरहेका छन्, अगाडी भने, ‘पार्टीको लाईन र नीतिलाई आत्मसाथ गरेर संकटलाई जित्न र राष्ट्रिय अन्तराष्ट्रिय शक्तिलाई परास्त गर्नका लागि प्रतिवद्ध भएर अगाडी बढ्न आवश्यक रहेको छ ।’
ओली सरकारले राष्ट्रिय गौरवका आयोजनालाई अगाडी बढाएकोमा परामादेशबाट आएको सरकारले ती आयोजनाको बजेट काट्यो, गुमेको भुभागलाई चुच्चे नक्शा स्थापित गर्न सकेपनि एक नेपाली युवक तुईन चढेर भारत जादा ज्यान गुमाएको बेला पनि सरकारले चुईक्क बोल्न नसकेको र सत्तामोह भए पुग्ने देखिएको उनको भनाई थियो ।
नेकपा एमाले देश र जनताप्रति समर्पित पार्टी भएको र वडा स्तर, प्रदेश स्तर तथा राष्ट्रिय स्तरमा लागि पर्ने देश र जनताको लागि ज्यानको आहुती दिन अमर शहिदले प्रेरणा दिएको बताउनु भयो । स्वच्छ सफा समृद्ध र सुन्दर महालक्ष्मी नगरपालिका भन्ने नारासहित नगरपालिकाभित्र पूर्वाधार सडक, खानेपानी, ढलको निर्माण गरेको नगरप्रमुखको भनाई थियो ।
उनले पाँचबर्षभित्र नगरपालिकाले गरेका कामहरु सडक कालोपत्रका लागि २० वटा सडकको टेण्डर प्रक्रिया पुरा भएको, ६८ किलोमिटर ढलको काम गरेको, २५ किलोमिटर कालोपत्र, ४७ किलोमिटर ग्रावेलिङ, नगरपालिकाभित्रका युवाहरुलाई उद्यमी बनाउन नगरप्रमुख विकास कोषमार्फत उत्पादनलाई जोड्दै युवा लक्षित कार्यक्रम गर्न नयाँ नगरपालिका भएपनि ५५ ओटा कानुन बनाएको जानकारी गराए ।
महालक्ष्मी नगरले केन्द्रिय सरकार प्रदेश सरकारले नबनाएको शिक्षा ऐन बनाएको दाबी गरे । दोशी खोलाको पानी ल्याउन एडिबी र जाईकासँग सम्झौता गरेपनि वर्तमान सरकारको गलत रवैयाको कारण मेलम्चीको पानी पाईप लाईनको विस्तारको लागि प्रयास गर्दा टेण्डर नगरेर अर्थमन्त्रीले रोकिरहेको गुनासो पोखे । यस्ता विकास विरोधी कार्यले गठबन्धन सरकार विकास विरोधी जनतामारा सरकार भएको नजिर बसालेको आरोप लगाए ।
केन्द्रिय सरकारले कोभिडका कारण चैत्र मषान्तसम्म म्याद थपेका कारण पत्राचार गर्दा पनि ठेकेदारले समयमै निर्माण सम्पन्न नगर्दा मेयर र नगरपालिका, वडा अधक्ष्यले गाली खाईरहेको दुखेसो पोखे ।
यसैगरी वडा नं ५ का वडा अध्यक्ष तथा नेकपा एमाले महालक्ष्मी नगर ईन्चार्ज राजकुमार शिलवालले युवाहरु जागरुक भएका कारण महालक्ष्मी नगरपालिका ललितपुरकै आकर्षण भएको बताए । महालक्ष्मीका युवाहरुमा रहेको जागरुकता र उत्साहलाई प्रोत्साहन गर्न वडा अध्यक्षको तर्फबाट केन्द्रसम्म पुर्याउन आफुले भूमिका खेल्ने बताए । जनताको आवश्यकतालाई मध्यनजर गर्दै वडा नं ५ मा विकास निर्माणको कामलाई प्राथमिकतामा राखेर काम गरेको सिलवालले बताए ।
नेकपा एमाले महालक्ष्मी नगर कमिटिका अध्यक्ष हरिगोविन्द श्रेष्ठले चुनाब लक्षित कार्यक्रमलाई अगाडी बढाएर लैजान पार्टीसँग राष्ट्रिय युवा संघले सहकार्य गरेर अगाडी बढ्न आग्रह गरे ।
यसैगरी, नेकपा एमाले महालक्ष्मी युवा संघ नगरकमिटिका अध्यक्ष सुजन बस्नेतले युवा संघसँग पार्टीले गरेको समन्वयतात्मक भूमिकालाई अझै उर्जाशिल बनाउन नगरपालिका वडा कमिटिहरुसँग समन्वय गरेर अगाडी बढ्नु पर्ने बताए ।

 

प्रकाशित मिति : १७ फाल्गुन २०७८, मंगलबार  ९ : ११ बजे