२१ असार २०८३, आइतबार | Sun Jul 5 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


मित्रपार्कमा आगलागी पसलहरु जलेर नष्ट



फाइल तस्विर

१८ फागुन ०७८, काठमाडौं । काठमाडौंको मित्रपार्कमा आगलागी हुँदा पसलहरु जलेर नष्ट भएको छ ।
प्रहरीका अनुसार काठमाडौं महानगरपालिका ७ मित्रपार्कस्थित ४५ वर्षीय गौरी शंकर दासको टहरामा विद्युत सर्ट भई बुधबार बिहान आगलागी भएको हो । आगलागीपछि टहरामा चाबहिल बस्ने काभ्रे घर भएका माईला तामाङको माईला खाजा पसल र चाबहिल बस्ने दोलखा घर भएका श्याम बस्नेतको दोलखा खाजा घर पूर्णरुपमा जलेर नष्ट भएको छ ।
प्रहरीले करिब १० लाख रुपैयाँ बराबरको धनमाल नष्ट आकलन गरेको छ ।

प्रकाशित मिति : १९ फाल्गुन २०७८, बिहिबार  ८ : ३२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।