८ चैत्र २०८२, आइतबार | Mon Mar 23 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


गैंडा मारी खाग चोरीको घटनामा संलग्न फरार अभियुक्त बनस्थलीबाट पक्राउ



shyam phuyal\lalitpurkhabar, प्रतिकात्मक तस्बिर

२० फागुन ०७८, काठमाडौं । काठमाडौं, चितवन राष्ट्रिय निकुञ्जमा गत असारमा गैंडा मारी खाग चोरी लगेको घटनामा संलग्न रही फरार अभियुक्त चितवन कालिका नगरपालिका-२ घर भएका ४० वर्षीय राजन प्रजालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

उनी काठमाडौं महानगरपालिका-१६ बनस्थलीमा लुकिछिपी रहेको भन्ने चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसरा चितवनको प्राप्त पत्रको आधारमा महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनलाई बनस्थलीमा फेला पारी पक्राउ गरेको हो ।

उनलाई आवश्यक कानुनी कारबाहीका लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय पठाइएको छ ।

https://www.youtube.com/@lalitkhabar

प्रकाशित मिति : २० फाल्गुन २०७८, शुक्रबार  २ : ०५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।