२० पुस २०८१, शनिबार | Sat Jan 4 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


भक्तपुरमा परम्परागत बाँंसुरी बाजा प्रशिक्षण




२२ फागुन ०७८, भक्तपुर । भक्तपुरमा बाँंसुरी बाजा प्रशिक्षण सम्पन्न भएको छ । भक्तपुर नगपालिका ७ गोःमारी यातास्थित सहलह बचत तथा ऋण सहकारी सस्थाद्वारा आयोजित बाँंसुरी बाजा प्रशिक्षण आइतबार सकिएको हो ।.
परम्परागत सांस्कृतिक बाजागाजा संरक्षण एवं नयाँ पुस्तालाई प्रशिक्षित गर्ने उद्देश्यले बाँसुरी बाजा प्रशिक्षण कार्यक्रम संचालन गरेको सहकारीले जनाएको छ । भक्तपुर नगरपालिका वडा नं. ९ साकोलाङका गायक तथा संगितकार राजकुमार मानन्धरले प्रशिक्षण दिएका थिए ।
लकडाउनको समयमा अनलाइनमार्फत कक्षा संचालन गर्दै आएको मानन्धरले जनाए । नेपाल सरकारको स्वास्थ्य मापदण्ड पालन गरी बिभिन्न समयमा भौतिक उपस्थितिमा समेत कक्षा संचालन गरिएको उनले बताए ।
प्रशिक्षण २०७७ चैत्र १९ बाट शुरु गरेको जनाइएको छ । कोरोना भाइरसका कारण लकडाउन भएर प्रशिक्षण अवधि लामो लागेको जनाइएको छ । बाँसुरी बाजामा महिला पुरुष गरी जम्मा २१ जना सहभागी रहेका छन् ।
सहभागीहरु सबैलाई एउटै रङ्गको दउरा सुरुवा, टोपी, ईस्टकोट र बाँसुरी आफैले किनुपर्ने र प्रशिक्षण अवधिभर प्रशिक्षकलगायतका अरु खर्च सबै सहाकारीले व्यहोरेको जनाएको छ ।

 

 

प्रकाशित मिति : २२ फाल्गुन २०७८, आइतबार  १० : १० बजे