८ चैत्र २०८२, आइतबार | Mon Mar 23 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


काभ्रेमा भुसा काट्ने मेसिन पल्टिदा बालिकाको मृत्यु




२२ फागुन ०७८, काभ्रेपलाञ्चोक । काभ्रेमा एक वालकको भुसा काट्ने मेसिन पल्टदा मृत्यु भएको छ ।
प््रहरीका अनुसार बेथानचोक गाउँपालिका ३ लुर्कु चनौटे बस्ने रोशन श्रेष्ठकी छोरी ५ वर्षीया रीतिका श्रेष्ठको भुसा काट्ने मेसिन पल्टेर थिच्दा मृत्यु भएको हो । उनको आफ्नै घरमा खेल्ने क्रममा भुसा काट्ने मेसिन पल्टिएर किच्दा शनिबार दिउँसो मृत्यु भएको थियो ।
मेसिनले किचेर गम्भीर घाइते भएकी उनको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । घटनाका सम्वन्धमा प्रहरी चौकी ढुङ्खर्कबाट खटिएको प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०७८, सोमबार  ७ : ०१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।