२३ फागुन ०७८, काठमाडौं । काठमाडौं महानगरपालिका–१३ सोल्टीदोबाटोबाट २ थान संरक्षित वन्यजन्तु सालकको आखेटापार जस्तो देखिने बस्तु र १ थान डिजिटल तराजु सहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौं तारकेश्वर नगरपालिका – १० नेपालटार बस्ने धादिङ त्रिपुरासुन्दरी गाउँपालिका–३ घर भएका ४० वर्षीय गोपाल बानियाँ रहेका छन् ।
उक्त स्थानमा सालकको आखेटोपहार १२ लाख रुपैयाँमा बिक्री वितरण गर्न खोजिरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीले उनलाई उक्त बस्तु र तराजु सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा महानगरीय प्रहरी वृत्त कालीमाटीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया